५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पशुपतिको जलहरीमुनी भेटियो ४३ तोला सुन



२२ असार । पशुपतिनाथको मन्दिरमा ४३ तोला सुन फेला परेको छ । मन्दिरको जलहरी नजिकै शुक्रबार बिहान ४३ तोला सुन फेला परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने क्रममा पशुपतिनाथको मन्दिरको जलहरीमा राखिएको सुनको परिमाण घटेको पाइएको थियो । यो प्रकरणमा निकै ठूलो गिरोहको संलग्नता भएको भन्दै त्यसको खोजबिन भइरहँदा एकाएक ४३ तोला सुन फेला परेको घटना बाहिर ल्याइएको हो ।

आज बिहान कम भएको सुन मन्दिरमै हुनुपर्छ भन्दै जलहरि मुन्तिर खोतल्ने काम भएको थियो । सोही क्रममा ४३ तोला सुन फेला परेको स्रोतले बताएको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ८ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।