२२ असार । प्रहरीले कानुन विपरीत रित नपुगेका कागजातहरु तयार गरी हक भोग नलाग्ने जग्जा पास गराइदिन्छु भनी २ करोड रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ बस्ने ५२ वर्षीय प्रफुल्ल भन्ने प्रमोदराज पन्त र काठमाडौं महानगरपालिका-२९ नै बस्ने अर्का २६ वर्षीय सोजेश मान मालाकार रहेका छन् ।
उनीहरुलाई काठमाडौं अपराधन अनुसन्धान कार्यालयको टोलीले छायाँ कम्प्लेसबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले बताए ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया