२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा मोटरसाइकल प्रयोग गरी सुनको सिक्री लुटपाट गर्ने लुटेरा पक्राउ



२४ असार ।  मोटरसाइकल प्रयोग गरी पैदल हिँडिरहेका महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने पाँच जना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ। सिक्री लुटपाटमा संलग्न व्यक्तिलाई मोटरसाइकलसहित पक्राउ गरी प्रहरीले आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। लुटेराहरुले विशेष गरी मर्निङ वाक गरिरहेका महिलाले घाँटीमा लगाएको सिक्री लुटेर भाग्ने गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा रामेछाप, लिखु गाउँपालिका- १ स्थायी घर भई काठमाडौं, हाँडी गाउँ बस्ने ३२ वर्षीय दमाई, धरान- ८ घर भई काठमाडौं, चाबहिल बस्ने १८ वर्षीय रवि विश्वकर्मा, काभ्रे, पाँचखाल- ७ घर भई काठमाडौं, बानेश्वर बस्ने २६ वर्षीय उमेश क्षेत्री, धनकुटा, लेगुवा घर भई काठमाडौं, रामन्दिर बस्ने ३० वर्षीय राहुल माझी र भारत पश्चिम बंगाल घर भई काठमाडौं, न्युरोड बस्ने ४२ वर्षीय श्रीमान्ती माइती छन्।

उनीहरुको साथबाट प्रहरीले सुनको ढिक्का १ थान, सुनको सिक्री लुटपाट गर्ने क्रममा प्रयोग भएका मोटरसाइकल २ थान, मोबाइल ६ थान र ४७ ग्रामको सुनको नेक्लेस बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।