२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रचण्डको प्रष्टीकरण : ‘प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो, भावनामा बगेर बोलें’



२५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली धाएको भनेर दिएको अभिव्यक्तिबारे संसदमा प्रष्टीकरण दिएका छन् । उनले उक्त अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गरे ।  उनले भावनामा बगेर त्यो कुरा बोलेको बताए ।

आफूमाथि उठेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफ्नी जेठी छोरी ज्ञानु क्यान्सरका कारण जीवनमरणको दोसाँधमा रहेका बेला छोरा प्रकाशले दिल्ली लगेको र त्यसक्रममा प्रितम सिंहको घरमा बसेर उपचार गराएको बताए ।

उनले भने, ‘म अलिकति भावनात्मक छु नै । यही त प्रचण्ड भयो, अब गर्नुहुन्छ के ? प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो । मैले प्रधानमन्त्री भएर होइन, ज्ञानुको बुबा भएर बोलेँ । त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ । सदासयताका निम्ति धन्यवाद दिन पुगेँ । त्यति त हो कुरा । उनले भनेर कसैलाई प्रधानमन्त्री हुने वा बन्ने भन्ने होइन । कसैलाई प्रधानमन्त्री बनाउने सामर्थ पनि छैन । त्यस्तो खालको व्यक्ति पनि होइनन् । हिजो अस्ति प्रितम आफैंले पनि भनेका छन् । उनीसँग नेता तथा प्रधानमन्त्रीको सम्बन्ध पनि छैन । उनीसँग बिरामी छोरीलाई सहयोग गरेको कृतक्ष बाबुको सम्बन्ध मात्रै हो ।’

 

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ११ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।