७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको ठूलादुलुङमा युवती बन्धक बनाएको आरोपमा न्यासुर पक्राउ



 

२७ असार । दक्षिण ललितपुरको महाँकाल गाँउपालिका ६ ठुलादुलुङमा एक युवतीलाई बन्धक बनाएको अभियोगमा प्रहरीले महांकाल गाउँपालिका ३ गोटिखेल बस्ने २० वर्षीय सुमन न्यासुरलाई पक्राउ गरेको छ ।
प्रहरीले नाम गोप्य राखेको यी १६ वर्षीया किशोरीलाई बन्धक बनाएर राखेको आरोपमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
प्रहरीलाई असार २२ गते बेलुकीदेखि १६ वर्षीय किशोरी हराएको भन्ने निवेदन असार २४ गते प्राप्त भएको थियो । खोजीको क्रममा ती किशोरीलाई सुमनले सोही गाउँपालिका ६ ठुलादुलुङस्थित बुद्ध थोकरको घरमा थुनेर राखेको पाइएपछि असार २६ गते इलाका प्रहरी कार्यालय टुंगुनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा सुमनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

उनलाई शरीर बन्धक लिन नहुने मुद्दामा ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेका प्रहरीको भनाई छ । भने ती पीडित किशोरीलाई आफन्तको जिम्मा लगाइएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।