२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंको फोहोर व्यवस्थापनमा फेरि अवरोध



१ साउन ।  काठमाडौं उपत्याकाको फोहोर व्यवस्थापनमा नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले पुनः रोक लगाएका छन् । स्थानीयसँगै जनप्रतिनिधिले काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरु बाटोमै रोकिदिएका छन् ।

एक वर्ष हुँदा पनि सरकार र काठमाडौं महानगरसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले फोहोर व्यवस्थापन गर्न रोक लगाएका हुन् । फोहोर बोकेका करिब ५० वटा गाडी स्थानीयले रोकेको बताइएको छ ।

संघीय सरकारले व्यवस्थापनमा चासो नदिएको र काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ९ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।