२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी गर्ने व्यक्तिहरू भक्तपुरबाट पक्राउ



८ साउन । विश्व खाद्य कार्यक्रम (WFP)को नाममा कार्यालय खोली ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्। प्रहरीले आइतबार उनीहरुलाई भक्तपुरबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ स्थायी घर भएका ४७ वर्षीय जयराम केसी भन्ने घन श्याम कटुवाल र मकवानपुर बागमती गाउँपालिका–९ स्थायी घर भएका ४० वर्षीय दिनेश भन्ने लिला बहादुर भोलोन रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले बुढानीलकण्डस्थित भाडाको घरमा कार्यालय सञ्चालन गरेका थिए। नक्कली कर्मचारी समेत खडा गरी विश्व खाद्य कार्यक्रमको नक्कली छाप तथा लेटरप्याडसमेत बनाइ ठगी गरिएको उनले बताए।

उनीहरूले विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा टेन्डर आह्वानको विज्ञापन छपाई ठगी गरेको भन्ने सूचना गत जेठ २९ गते प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगंजबाट खटिएको संयुक्त प्रहरीले अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको हो।
उनीहरूको साथबाट नगद २ लाख रूपैयाँ, नेपालको राष्ट्रिय झण्डाहरु, अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम लेखिएको छाप १ थान तथा लेटर प्याड ३ थान, फायल रजिस्टर १ थान, हाजरी रजिष्टर १ थान, ह्वाइट बोर्ड १ थान, बोर्ड नेमप्लेट, टेबल नेमप्लेट, घरभाँडा सम्झौतापत्र, विभिन्न स्टेशनरी फर्निचरका सामानहरु बरामद गरिएको छ।

साथै, प्रिन्टर ४ थान, कम्प्युटर ४ थान र खरिद आदेश प्राप्त भएको कागज समेत प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ।

उनीहरूमाथि ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ४ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।