२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका नापी अधिकृतिसहित सात जनाविरुद्व अख्तियारमा मुद्दा दायर



१० भदौ । मालपोत कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाविरुद्ध गलत लिखत तयार पारेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार नापी अधिकृत गिरी र सर्वेक्षक लोकेन्द्र सिंह धामीले ललितपुरको साबिक टीकाथली गाविस ६, कित्ता नम्बर १६९९ र कित्ता नम्बर १७०१ को विभिन्न कित्ताहरू कायम गर्ने क्रममा तोकेको क्षेत्रफलभन्दा कम हुने गरी कानुन विपरीत कित्ताकाट गरेको आरोप लागेको छ।

उहाँका अनुसार नेपाल सरकारको नाममा कायम बाटोको कित्ता नम्बर २९४४ को नक्सा र फिल्डमा भएको क्षेत्रफलभन्दा कम क्षेत्रफल कायम गरी नक्सामाभन्दा प्लटरजिष्टर र राजीनामा लिखतमा बढी क्षेत्रफल उल्लेख गरिएको छ।

कार्यालयका तत्कालीन मालपोत अधिकृत अम्बिकाप्रसाद नेपाल, नायव सुब्बा मनोज पोखरेल, खरिदार युवराज कटुवालले कानुन विपरीत लिखत पारित गरेको आरोप लागेको छ।

राउसाई होल्डिङ्गस् प्रा. लि., ललितपुर महानगरपालिका २, सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोजबहादुर श्रेष्ठले जग्गा बेच्ने क्रममा नापी कार्यालय र भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीलाई प्रभाव पारी गलत लिखत तयार पारेको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख छ।

आरोपितविरुद्व भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सजाय हुन मागदाबी लिई आइतबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ३ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।