२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बुढानीलकण्ठबाट पेस्तोलसहित एक जना पक्राउ



काठमाडौं, १० भदौ । प्रहरीले काठमाण्डौंबाट एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । बुढानीलकण्ठबाट प्रहरीले अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका चाबहिल बस्ने सुलभ भनिने सुरज श्रेष्ठ रहेका छन् ।

श्रेष्ठ यसअघि पनि विभिन्न अपराधमा ५ वर्ष कैद भुक्तान गरिसकेका ब्यक्ति हुन् । नाईन एमएमको चार राउण्ड गोलीयुक्त आधुनिक पेस्तोलसहित पक्राउ परेका श्रेष्ठबारे अनुसन्धान भैरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुङ्गेलले जानकारी दिए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ४ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।