२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सडकमा फोहोर फाल्ने १६ जनालाई काठमाडौं महानगरले तिरायो ७२ हजार जरिवाना



२७ भदौ । काठमाडौं महानगरपालिकाले सडकमा फोहोर फाल्ने १६ जनालाई जरिवाना तिराएको छ । कोटेश्वरमा फोहोर फालिरहेको अवस्थामा महानगरले उनीहरुलाई नियन्त्रणमा लिएर ७२ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

महानगर प्रहरीले बुधबार बिहान बाटोमा फोहोर फालिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रण लिएको थियो । हरेक दिन बिहान ६ बजे फोहोरमैला संकलन गर्ने गाडी कोटेश्वर पुगेर फोहोर उठाए पनि उनीहरुले सडकमा फाल्ने गरेका थिए ।

सफा सडकमा पुन: फोहोर फालेको पाएपछि महानगरले निगरानी बढाएको थियो । महानगरले सडकमा फोहोर फाल्नेमाथि नियमित निगरानी बढाउने भएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ४ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।