२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं कुलेश्वरबाट सुनको सिक्रि लुटपाट गर्ने चार जना पक्राउ



२ असोज । काठमाडौं महानगरपालिका १४ कुलेश्वर आवास क्षेत्र नजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी एक जना महिलाको दुई तोलाको सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका २८ बागबजार ठेगाना भएका ४४ वर्षीय सुरज गुरुङ, पर्सा वीरगंज महानगरपालिका १७ घर भई काठमाडौं महानगरपालिका १७ क्षेत्रपाटी बस्ने ४८ वर्षीय अनवर हुसेन अंसारी, भारत पश्चिम बंगाल मेधिनापुर उदयचोक घर भई काठमाडौं महानगरपालिका २३ बस्ने ४७ वर्षीय शक्ति भौमिक र भारत महाराष्ट्र सोलापुर गोरडवानी घर भई काठमाडौं महानगरपालिका २२ प्यूखाचोक बस्ने ३० वर्षीय सचिन गाड्वे रहेका छन् ।
ती महिलाले घाँटीमा लगाई राखेको करिब २ तोला बराबरको सुनको लकेट सहितको सिक्री जबर्जस्ती लुटपाट गरी फरार रहेको घटना अनुसन्धानको क्रममा संलग्नता खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूमध्ये सुरज मोटरसाइकल चालक, अनवर मोटरसाइकल पछाडि बसेर सिक्री तान्ने, शक्ति सुन बेच्न सहयोग गर्ने र सचिन सुन खरिद गर्न संलग्न रहेको उक्त कार्यालयले जनाएको छ ।
उनीहरूलाई लुटपाट गरी लगेको सुन तथा प्रमाण लाग्ने अन्य दसिका सामानहरु सहित थप अनुसन्धानका लागी प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  २ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।