२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विद्यालय बन्द गरी काठमाडौंका शिक्षक आन्दोलनमा जाने



३ असोज । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा जाने भएका छन्। बुधबार महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघले काठमाडौंमा गरिरहेको आन्दोलनमा सहभागी हुने जानकारी दिएका छन्।

संसद्‌मा दर्ता भएको विद्यालय शिक्षा विधेयक खारेजीका लागि शिक्षक महासंघले बुधबारदेखि माइतीघरमा विशाल आन्दोलन सुरु गरेको छ। देशभरबाट आएका शिक्षकहरू आन्दोलनमा सहभागी छन्। महानगरपालिकाका सामुदायिक विद्यालयका प्रध्यानाध्याकहरूले आन्दोलनलाई समर्थन गर्दै अनिश्चित रुपमा विद्यालय बन्द गर्ने बताएका छन्।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  २ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।