२३ असार ०७८, काठमाडौं । सुनको भाउ बुधबार सामान्य बढेको छ । चाँदीको भाउ घटेको छ। सुनको भाउ तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ…