८ असार ०७८, काठमाडौं । नेप्सेमा उच्च अङ्कको गिरावट आउँदा शेयर बजारका लगानीकर्ताले सोमबार मात्रै झण्डै रु एक खर्ब बराबरको सम्पत्ति गुमाएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७१.०६ बिन्दुले घटेर दुई हजार ८३४.४० मा झरेको छ । आइतबार रु ४० खर्ब ३६ अर्ब ३९ करोड बराबर रहेको कूल बजार पूँजीकरण…