काठमाडौँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको हाताभित्र रहेको झाडी फाँडेर सुन्दर बगैँचासहित आकर्षक फुटपाथ बनाउन दिएको निर्देशनलाई विश्वविद्यालयको नेतृत्वले सकारात्मक रूपमा लिएको छ । मन्त्री पुनले विश्वविद्यालयको हाताभित्रको उक्त झाडीका ठूला रुख संरक्षण गरी सफा र सुन्दर बगैँचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउन असोज ७ गतेको मन्त्रालयस्तरीय ब्रिफिङमा निर्देशन दिएका थिए…