२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


युनेस्कोद्वारा ललितपुरलाई ‘संगीतको श्रृजनात्मक शहर’को मान्यता



ललितखबर
युनेस्कोद्वारा ललितपुरलाई ‘संगीतको श्रृजनात्मक शहर’को मान्यता दिएको छ । महानगरले दिएको निवेदनका आधारमा श्रृजनात्मक शहरको सदस्यता दिइएको आज आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको छ ।
युनेस्कोले हस्तकला तथा लोककला, चलचित्र,संगीत,साहित्य, डिजाइन,खानपान, मिडिया कला र वास्तुकलामा सदस्यता दिने गरेको छ ।
हालसम्म संसारका करिव १ सय देशहरुमा ४ सय ८ वटा शहरहरुलाई युनेस्कोले सदस्यता प्रदान गरेको कार्यक्रममा जानकारी दिइएको छ ।
महानगरका मेयर चिरिवावु महर्जनले शहरमा रहेको मौलिक संगीत र श्रृजनालाई बढवा दिइने कार्यक्रम अघि बढाउने योजना सुनाए । पाटनमा विभिन्न भजनमञ्डली, लोकवाजा र नृत्य रहेको जानकारी दिदै यस्ता मौलिक संगीत र कलालाई संरक्षणमा बल पुग्ने बताए ।
महानगरले सम्बद्ध पक्षसंग छलफल गरेर आम्दानीको बाटो पहिल्याउने, विद्यालयमा संगीत शिक्षकको व्यवस्थ ागर्ने र विद्यार्थीलाई छात्रबृत्ती दिने, बाजागाजाहरुको अभिनेख राख्ने र संगीत प्रवद्धनका लागि विभिन्न योजना अघि बढाउने भएको छ ।

 

 

प्रकाशित मिति : २१ कार्तिक २०८२, बिहिबार  ४ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।