बागमती हेटौडा काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक सञ्चालनमा आएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका र ललितपुरको वगुवा जोड्ने बागमती नदिमा वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सो सडक अवरुद्ध भएको थियो । उक्त स्थानमा पुनः डाइभर्सन मर्मत गरिएपछि आज बिहानदेखि सवारीसाधन सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।…