काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतका राजावादी दल तथा संस्थाहरूको प्रदर्शनले काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ। प्रदर्शनकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर जम्मा भएपछि तीनकुने चाबहिल रुट प्रभावित भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ । तीनकुने-चाबाहिल चक्रपथ सडकमा चल्ने सवारीलाई वैकल्पिक सडकमा पठाउन थालिएको छ। तीनकुनेबाट बानेश्वरतर्फ नै पठाइएको छ। सिनामंगलबाट पनि पुरानो बानेश्वर…