८ चैत्र २०८१, शनिबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरको ठूलादुर्लुङमा आगलागी, घर जलेर नष्ट



चापागाँउ
दक्षिण ललितपुरको ठूलार्दुलुङस्थित एक घरमा भएको आगलागी पछि लाखौंको क्षति भएको छ ।
प्रहरीका अनुसार महांकाल गाउँपालिका ६ ठूलादुर्लुङका थोकरटोलमा ज्ञान बहादुर थोकरको घरमा आगलागी भएको हो ।
मंगलबार बिहान विद्युत सर्ट भएर आगो फैलिएको थियो । आगलागीपछि उनको घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।सो घटनामा करिब १४ लाख ९३ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । सदरमुकामबाट करिव ७० किलोमिटर टाढा रहेको ठूलार्दुलुङ पहाडी क्षेत्रमा दमकल लैजान कठीन भएका कारण तत्काल आगलागी नियन्त्रण गर्न कठीन भएको थियो ।
आगलागीका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ८ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।