१४ असार ०७८, काठमाडौं । नेपाली लिग स्पिनर सन्दिप लामिछानेले सिन्धुपाल्चोकको लिदि पहिरोपीडितलाई सहयोग गरेका छन् । उनले गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई घर बनाउन आवश्यक सामग्री सहयोग गरेका हुन् । आज चौतारा पुगेर सहयोग जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एंव प्रमुख अरुण पोखरेललाई लामिछानेले हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका…