काठमाडौं । मकवानपुर हेटौँडा उपमहानगरपालिका गैरीगाउँमा गत शुक्रबार जमिन भासिँदा बेपत्ता भएको बोलेरो भ्यान फेला नपरेपछि खोजी कार्य तत्कालका लागि स्थगित गरिएको छ। गत शुक्रबार दिउँसो करिब १ बजे जमिन भासिएर गाडी बेपत्ता भएपछि प्रहरी र स्थानीयले तीन दिनसम्म खोजी गरेका थिए। गाडी नभेटिएपछि हेटौंडा उपमहानगरपालिकाको आग्रहमा खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् नारायण अधिकारीको…