काठमाडौं । काभ्रेको पनौतीमा कुलोले बगाएर बेपत्ता भएकी महिलाको खोजी कार्य जारी रहेको छ । सोमबार पनौती नगरपालिका–५ सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरी मेलाबाट फर्कने क्रममा कुलो तर्दा बेपत्ता भएकी थिइन् । सोमबार अपराह्न पनौती क्षेत्रमा भीषण वर्षा समेत भएको थियो । सोमबार गिरीको अवस्था पत्ता लाग्न नसकेपछि मंगलबार पनि खोजी कार्य जारी भएको…