२१ वैशाख । जापानमा रोजगार र अध्ययनका लागी पठाउँछौं भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ घर भएका राजन श्रेष्ठ र झापाका गौरादह नगरपालिका–२ घर भएका ४६ वर्षीय ईश्वरी पाण्डे छन् । श्रेष्ठलाई कागेश्वरी मनोहरा नगरपालिका स्थित बेशिगाउँ र पाण्डेलाई अनामनगरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान…