२९ चैत । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लाई तीन दिनभित्र महानगरको कार्यालयमा उपस्थित हुन भनेको छ । राप्रपाले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनका क्रममा फोहोर गरेको भन्दै महानगरले उपस्थित हुन भनेको हो । प्रदर्शनका क्रममा प्रदर्शनीमार्गस्थित ट्राफिक आइल्याण्डमा क्षति पुगेको महानगरले जनाएको छ । ‘चैत २७ गते पार्टीको प्रदर्शनीको कारण महानगरपालिका क्षेत्रमा फोहोरमैला भएको तथा महानगरपालिकाअन्तर्गत…