काठमाडौं । राष्ट्रिय एकता अभियान, काठमाडौंले ठमेल बचाउन तथा चिनियाँ व्यापारिक अतिक्रमण रोक्न आज ठमेलमा विशाल रैलीको आयोजना गरेको छ। ‘स्थानीय व्यापार जोगाऔं, चिनियाँ औपनिवेशिकरण रोकौं’ भन्ने नाराका साथ निकालिएको यो विरोध ¥यालीमा स्थानीय व्यापारीहरूको व्यापक सहभागिता देखिएको थियो। राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा भएको ¥यालीमा सहभागीहरूले ‘ठमेलमा जबरजस्ती तिब्बतीकरण बन्द गर,…