काठमाडौं, २८ चैत । न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ। जबरजस्ती करणीको आरोपमा श्रीमतीले दिएको जाहेरीका आधारमा प्रहरीले गिरीलाई मंगलबार पक्राउ गरेको हो। उनलाई काठमाडौंस्थित सामाखुसीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको माग अनुसार उनलाई पक्राउ गर्नका लागि पुर्जी जारी भएको थियो। उता श्रीमतीविरुद्ध भने अर्को मुद्दामा कारबाही अगाडि बढेको छ।…