१ जेठ ०७७, हेटौडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको भच्र्युअल कन्फ्र्रेन्स (प्रबिधिमैत्री मिटिङ) बसेको छ । बैठकमा कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि सरकारले लकडाउन गरेयता सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको अवस्थाबारे छलफल भएको थियो । बैठकले प्रदेशभित्रका जिल्लाहरुमा सञ्चारमाध्यमलाई परेको समस्या समाधानको सहजिकरण गर्ने र सञ्चारकर्मीहरुको दैनिकीमा लकडाउनका कारण परेको प्रभावबारे…