काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल स्काउटको नाममा रहेको लैनचौरस्थित जग्गा खाली गराएको छ। उक्त जग्गा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले लामो समयदेखि ओगटेर राखेको थियो। युवा तथा खेलकुद मन्त्रालयको अनुरोधमा काठमाडौं महानगरको टोलीले बिहीबार बिहान स्काउट परिसरमा प्रवेश गरी डोजर चलाएर संरचना भत्काएको हो।…