२९ साउन । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आजदेखि सुनको मात्रा र गुणस्तर पत्ता लगाउने प्रक्रिया शुरु गरेको छ । महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजेदेखि सुन छुट्याउने काम शुरु गरिएको र भोलिसम्म सक्ने जानकारी दिए । सुन छुट्याइसकेपछि एक दिन सुन गाल्न समय लाग्ने र त्यसपछि आर्थिक परीक्षणको काम शुरु गरिने उनकाे भनाइ छ ।…