लपु संवाददाता १४ असोज ०७७, दलचोकी ः ललितपुर कोञ्ज्योसोम गाँउपालिकाको दलचोकीस्थित क्वाक्लिन गाँउमा बुधबार विहान सुख्खा पहिरो जाँदा स्थानीय केशव गुरुङ्गको एक गोठ बगाएको छ । गोठसँगै एउटा लैनो भैसी,बाख्रा र कुखुराहरु मरेका छन् । पहिरो गएपछि चौघरे प्रहरी चौकी,सानोभैसेस्थित भैरवगणका प्रहरी र सेनाका साथै स्थानीयबासीले दुर्घटनास्थलमा पुगेका थिए । पहिरोपिडित गुरुङ्गलाई अन्यत्र सारिएको छ…