काठमाडौं । काठमाडौं महानगरपालिका–१५ स्थित अजिमा हल नजिकबाट प्रहरीले लागुऔषध सहित एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुर घर भएर अजिमा हल नजिकै डेरामा बस्दै आएकी २० वर्षीया मनिषा ठाकुर छिन् । उनको डेरा खानतलासी गर्दा २१ हजार ५ सय पिस ट्रामाडोल चक्की, फेनारगन २६० पिस, डाइजेपाम २६० पिस र नुर्फिन…