काठमाडौं । काठमाडौं प्रहरीले क्रिप्टो करेंसीमार्फत अवैध कारोबारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले २०८२ साउन १७ गते साँझ ६ बजे काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित स्थानबाट सुशान्त दाहाल नाम गरेका युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्ने दाहाल मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६, चिसापानी स्थायी घर भई हाल भक्तपुरको…