काठमाडौं चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका-४ पानीघाटमा शनिबार राति प्रदेश ०२–०१ प ८०६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको ककनी गाउँपालिका- १ की ३६ वर्षीया सुनिता बलामीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय काठमाडौंले जनाएको छ। मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको मोटरसाइकल शनिबार राति पौने ८ बजे दुर्घटना भएको हाे। दुर्घटनामा…