गलेश्वर (म्याग्दी) ७ माघ । बर्सेनि धेरै नेपालीहरु विदेसिनुको कारण देशमा रोजगार नपाएर, आयआर्जन र जीविकोपार्जनको कुनै सम्भावना नै नदेखेर वा विदेश नगए घर व्यवहार नै चलाउन नसक्ने अवस्था आएर भइरहेको छैन । नेपालको स्थायी जागिर नै छोडेर, राम्रैसँग चलेको व्यापार व्यावसाय बन्द गरेर, पुर्खौदेखि कमाउँदै आएको खेतबारी बाँझै छोडेर र आफ्नै गाउँघर र सदरमुकामका…