चैत, १५ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन् । बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने एकसरो समझदारी जुटाएको हाे । राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको छ । सहमति अनुसार कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादीले २, जसपाले २, जनमत पार्टीले, लोसपाले, नाउपाले र बाबुराम भट्टराई…