काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज सम्भावित बाढीको जोखिमका बारेमा सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार आज बिहान गरिएको मापनमा कोसी नदीका सहायक नदिहरूको बहाब सतर्कता तह नजिक पुगेको छ भने नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरूको बहाब हाल सतर्कता तहभन्दा तल…