काठमाडौं भर्खरै भुकम्पको धक्का महसुस गरिएको छ । मुगुको जिमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो। केन्द्रका अनुसार भूकम्पको धक्का जिमा आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो।