काठमाडौँ आज देशभर मौसम पूर्णतया बदली रहेको छ । मौसमविदहरुले आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार…