काठमाडौं । खोटाङको हलेसीबाट बोलबम मेला सकेर फर्किंदै गरेका दर्शनार्थी सवार माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। सिराहातर्फ जाँदै गरेको प्रदेश २-०-१-००१ ज ००५३ नम्बरको माइक्रोबस सोमबार बिहान करिब ८ बजे हलेसी तुवाचुङ नगरपालिका–७, कदुवास्थित डौँठेखोलानजिकैको जयराम–हलेसी सडकखण्डमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब…