काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेपछि जसपाले औपचारिक पत्रमार्फत समर्थन फिर्ता लिएको घोषणा गरेको हो। समर्थन फिर्ता गरिएको पत्र पार्टीका प्रमुख सचेतक रेखा यादवले संघीय संसदका सभामुख देवराज घिमिरेलाई बुझाएकी छन्। प्रमुख सचेतक यादवले…