२२ असोज ०७७, चितवन ः धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको लागि वाग्मती प्रदेश सरकारले रु तीन करोड रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई रु तीन करोड रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री पौडेलले धुर्मुस…