२६ कात्तिक ०७७, काठमाडौं । सरकारले तिहार अन्तिम दिन भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक विदा दिएको छ ।
सरकारले मन्त्रिपरिषदको निर्णयमार्फत किजा पूजाको अवसरमा मंगलबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
बुधबार गृह मन्त्रालयले सूचना जारी गरेर सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थासमेतमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढा हस्ताक्षर गरेर प्रकाशन गरेको विज्ञप्तिमार्फत मंसिर २ गते सार्वजनिक विदा दिएको हो ।
प्रतिक्रिया