९ फाल्गुन ०७६, काठमाडौं । देशको हालसम्मकै ठूलो अर्धजलाशयुक्त जलविद्युत् आयोजना मर्मतका लागि सोमबारसम्म बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरिरहेको कूल १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना मर्मतका लागि बन्द गरिएको हो । प्राधिकरणका अनुसार आयोजना तीन दिन बन्द हुनेछ । विद्युत्गृहको पहिलो युनिटको मुख्य इन्लेट भल्भबाट पानी चुहिएपछि बिहीबार…