काठमाडौं । सरकारले एकै पटक ठूलो संख्यामा सचिवहरुको विदेश भ्रमणमा स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यही असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै विभिन्न फोरमहरुमा भाग लिन जानका लागि सचिवहरुको भ्रमण स्वीकृत गरिएको जानकारी दिएका हुन् । उनकाअनुसार सञ्चारसचिव राधिका अर्याल, खानेपानीसचिव प्रमिलादेवी शाक्य बज्राचार्य,…