काठमाडौं । लगातार २११.०१ अंकको वृद्धिपछि सेयर बजारमा सामान्य 'करेक्सन' देखिएको छ। गएको दुई साता नै सबै कारोबारमा उकालो लाग्दै १३५.७७ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार पनि ७५.२४ अंकले बढेको थियो। सोमबार भने बजार १३.६१ अंकले घटेर २८७६.६६ बिन्दुमा झरेको छ। १४ अर्ब २८ करोड ४५ लाख रुपैयाँको कारोबार भएको बजारमा…