१२ फागुन ०७६, तनँहु । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित मुकुन्देश्वरी क्षेत्र उत्खननका लागि बन्दीपुर गाउँपालिकाले पहल थालेको छ । ऐतिहासिक महत्व बोकेको उक्त ठाउँलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ गाउँपालिकाले मुकुन्देश्वरी डाँडामा उत्खननका लागि सम्भाव्यता अध्ययन शुरु गरेको हो । पुरातात्विक विभागको सहकार्यमा मुकुन्देश्वरी डाँडाको संरक्षण र उत्खननका लागि सम्भाव्यता अध्ययन थालिएको गाउँपालिकाका अध्यक्ष पूर्ण्सिं…