ललितखबर ललितपुरस्थित गोदावरी नगरका इञ्जिनियरविरुद्ध झण्डै दुई करोड रुपैयाँ बराबरको भ्रष्टाचारको मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार २०७६ फागुन १ गतेबाट नगरपालिकाले करारमा नियुक्ति पाएका सुवास विष्टविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्धा दायर गरेको हो । आयोगले जारी गरेको विज्ञप्ती अनुसार उनले २०८१ ऋसार १४ गतेसम्मको अवधिमा एकाघरको सम्पती मूल्यांकनको आधारमा…