३२ साउन । नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ । यो पर्व काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा विशेषरूपमा मनाइन्छ । मानव जीवनलाई राम्रो गर्ने नियमलाई पालना गरेर धर्म, कर्मका लागि यो पर्व मनाइन्छ । नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला भनिन्छ । गुँको अर्थ गुण…