काठमाडौं २८ कात्तिक । काठमाडौंको नाङ्लेभारेमा जुवातास खेल्ने ८ जना पक्राउ परेका छन् । शंखरापुर नगरपालिका १ नाङ्लेभारे बस्ने ५० वर्षीय विनानाथ दंगालको टहरामा जुवातास खेलिरहेको अवस्थामा दंगाल समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार ८ सय ३५ रुपैयाँ र १ बुक ताससहित पक्राउ…