ललितपुर ७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वमा राजधानीका सात ठाँउमाबाट आज जुलुस निस्कने भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका अनुसार भक्तपुरको परीक्षा नियन्त्रण कार्यालय अगाडिको खुल्ला चौर, गोंगबु चोक, स्वयम्भू, कलङ्की चोक, जावलाखेल, सातदोबाटो, त्रिभुवन विश्वविद्यालय प्रवेश द्वार अगाडि र चाबहिल चोकमा भेला हुने सर्वसाधारणलाई आह्वान गरिएको…